Techie IT
२०८३ वैशाख ३१, बिहीबार

अन्नपूर्णमा पर्यटकीय स्थलसम्म ड्रोनबाट सामान ढुवानीको परीक्षण सुरु


नेपालको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्यटकीय स्थल मोहरेडाँडामा दैनिक उपभोग्य हलुका सामानहरू, विशेष गरी पाँच किलोभन्दा कम तौलका सामान ढुवानी गर्न ड्रोनको प्रयोग सुरु गरिएको छ। 

अन्नपूर्ण गाउँपालिका–८ नागीबाट मोहरेडाँडासम्म ड्रोन मार्फत सामान ढुवानी गरिएको हो। यस कार्यमा राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार, परीक्षणका क्रममा केन्द्रको प्राविधिक टोलीले नागीबाट मोहरेडाँडामा ड्रोन प्रयोग गरेर सामान ढुवानी गरेको थियो। 

उनले पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि तथा अत्यावश्यक उपभोग्य सामान ढुवानी गर्न ड्रोनको प्रयोग उपयोगी हुने बताए। ड्रोनमार्फत सामान ढुवानीको यो कार्यलाई निरन्तरता दिने उद्देश्यले आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भइरहेको जानकारी पनि उनले दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट