Techie IT
२०८२ मंसिर २, मंगलबार

इजरायलले ‘आइरन बिम’ लेजर सुरक्षा प्रणालीको विकास तीव्र पार्दै


Pic:Israel Defense Ministry

इजरायलको रक्षा मन्त्रालयले ‘आइरन बिम’ नामक अत्याधुनिक लेजर सुरक्षा प्रणालीको विकासलाई तीव्र बनाउनका लागि ५३ करोड डलर (२ अर्ब अरब शेकेल) बजेट छुट्याएको छ। सोमबार भएको यस निर्णयमा, मन्त्रालयले इजरायली रक्षा कम्पनीहरू राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स र एल्बिटसँग सहकार्य गर्दै लेजर प्रणालीलाई विकास गर्ने जनाइएको छ।

‘आइरन बिम’ प्रणालीको उद्देश्य ड्रोन तथा अन्य प्रक्षेप्यास्त्रहरूको जोखिमलाई न्यून गर्नमा केन्द्रीत छ। विशेष गरी लेबनानको हिजबुल्लाह र गाजाका हमासले इजरायलमाथि प्रक्षेपण गरिरहेका ड्रोन र रकेटहरूको अवरोधमा यो प्रणालीले भूमिका खेल्नेछ।

प्रणालीलाई एक वर्षभित्र सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ। यो प्रणाली इजरायलको वर्तमान हवाई सुरक्षा प्रणाली ‘आइरन डोम’ का साथै नयाँ चरणको रुपमा थपिनेछ। 

आइरन डोमले छोटो दूरीका प्रक्षेप्यास्त्रहरू रोक्न मद्दत गर्छ, भने ‘डेभिड्स स्लिङ्ग’ र ‘एरो मिसाइल’ जस्ता अन्य प्रणालीहरूले लामो दूरीका तथा ब्यालिस्टिक मिसाइलहरूको अवरोधका लागि डिजाइन गरिएका छन्।

इजरायलले सेप्टेम्बरको अन्त्यमा प्राप्त ८.७ अर्ब डलरको अमेरिकी सैन्य सहयोगमा ५.२ अर्ब डलर वायु सुरक्षा प्रणालीहरूको उन्नत विकासमा लगानी गर्दैछ, जसमा उच्च–शक्ति लेजर प्रणाली पनि समावेश छ। 

सन् २०२१ मा गरिएको परीक्षणका क्रममा लेजरले ड्रोनमाथि सफलतापूर्वक प्रहार गर्दा यसले ड्रोनमा प्वाल पारेर आगो लगाएको देखाइएको थियो।

‘आइरन बिम’ जस्ता नयाँ प्रविधिको विकासले इजरायलको हवाई सुरक्षामा बहुस्तरीय कवच थप्ने अपेक्षा गरिएको छ, जसले इजरायलका नागरिक र सैन्य संरचनाहरूलाई उच्चस्तरको सुरक्षा प्रदान गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट