उपाधिका लागि बुधबार नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालर बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालर बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ ६:३० बजेसुरु हुनेछ। नेपाल र बंगलादेशका कप्तानर प्रशिक्षकहरूले खेलका लागि टीम तयाररहेको बताएका छन्।
खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समानेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोलीमैदान उत्रने बताए। उनले यसअघि भएकाखेलमा देखिएका गल्तीहरू सुधार गर्ने प्रतिबद्धता जनाए र महिलाफुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेकोधारणा राखे।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताउँदै, नेपालले मौलिक खेल प्रस्तुत गरेरखेल आफ्नो पक्षमा पार्ने आशा व्यक्त गरिन्।उनले साफमा उपाधि जित्ने अवसरको फाइदा उठाउने कुरामा पनि जोड दिइन्।
बंगलादेशका कप्तान र प्रशिक्षकले पनिउत्कृष्ट खेल प्रदर्शन गरेरनतिजा आफ्नो पक्षमा पार्ने प्रतिबद्धता जनाएका छन्। सेमिफाइनलमा बंगलादेशलेभुटानलाई र नेपालले भारतलाईपराजित गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस