Techie IT
२०८२ वैशाख २६, शुक्रबार

अवैध गाँजासहित दुई जना पक्राउ


सर्लाही र उदयपुरमा अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको इश्वरपुर नगरपालिका-१२ बगुवा खोलाबाट हरिवन नगरपालिका-१ का २० वर्षीय पालदेन योन्जनलाई करिब १२ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ। उनलाई मोटरसाइकल बा.प्र.०२-०२४ प २७६७ मा सवार अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

उदयपुरको बेलका नगरपालिका-१ आम्बासा सडकबाट सोही नगरपालिकाका ३८ वर्षीय लोकेन्द्र राईलाई करिब ८ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ। मोटरसाइकल को.३८ प १८५ नम्बरका चालक राईसँगै सवार एक जना भने फरार छन्, र उनको खोजी भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट