सामसनको शानदार अर्धशतकमा भारतको दक्षिण अफ्रिकामाथि जित
सञ्जु सामसनको शानदार शतकको मद्दतले भारतले दक्षिण अफ्रिका विरुद्ध टी-२० शृङ्खलाकोपहिलो खेलमा ६१ रनले जितहासिल गरेको छ।

सञ्जु सामसनको शानदार शतकको मद्दतले भारतले दक्षिण अफ्रिका विरुद्ध टी-२० शृङ्खलाकोपहिलो खेलमा ६१ रनले जितहासिल गरेको छ। शुक्रवारको खेलमाभारतले २०८ रनको लक्ष्यराखेपछि दक्षिण अफ्रिका १३ बल बाँकीरहँदा सबै विकेट गुमाउँदै१४१ रनमा समेटियो।
दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जे ११ बलमा २३रन र रेयन रिकिल्टनले११ बलमा २१ रनबनाएका भए पनि अन्यखेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। भारतकावरुण चक्रवर्ती (३ विकेट), रविबिष्णोई (३ विकेट) रअभेष खान (२ विकेट) ले उत्कृष्ट बलिंग प्रदर्शन गरेका थिए।
यस अघि टस हारेरपहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा२०८ रन बनाएको थियो।सञ्जु सामसनले ५९ बलमा १०७रनको अविश्वसनीय पारी खेले, जसमा७ चौका र १०छक्का समावेश थिए। सामसनले यसपारीसँगै दक्षिण अफ्रिकाविरुद्धको सबैभन्दा छिटो शतक बनाएकाभारतीय ब्याट्सम्यान बने।
सामसन र कप्तान सूर्यकुमारयादव बीच ३७ बलमा६६ रन र तिलकवर्मा संग ३४ बलमा७७ रनको महत्वपूर्ण साझेदारीभएको थियो। १७ औँ ओभरमासामसन आउट भएपछि भारतलेबाँकी २० बलमा २८रन जोड्दै ४ विकेट गुमाएकोथियो।
तपाईको प्रतिक्रिया दिनुहोस