इजरायली हवाई आक्रमणमा लेबनानमा तीन जनाको मृत्यु, ३० घाइते
दक्षिणपश्चिमी लेबनानी सहर टायरमा शुक्रबार राति इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाए अनुसार, दुई इजरायली लडाकु विमानहरूले टायर सहरको मध्य भागमा रहेका दुई भवनहरूलाई लक्षित गरी आक्रमण गरेका थिए, जसले गर्दा ठूलो आगलागी भएर नजिकका अपार्टमेन्टहरूलाई व्यापक क्षति पुगेको छ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार, घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा लगिएको छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
अस्पतालहरूले तत्काल रक्तदानको आह्वान गरेका छन्। इस्लामिक मेसेज स्काउट्सको सिभिल डिफेन्स टोलीले भग्नावशेषबाट तीन जनालाई उद्धार गरेको र थप खोजी जारी रहेको बताएको छ।
सेप्टेम्बर २३ देखि लेबनानमा इजरायली हवाई आक्रमणहरू भइरहेको छ । आक्रमणका कारण २०२३ अक्टोबर ८ देखि हालसम्म तीन हजार ११७ जनाको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस