यी उम्मेदवार लाई भोट हाल्न माधव नेपालले चिट बाँडे
नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनमा गुटगत प्रतिस्पर्धा चरम विन्दुमा पुगेको छ । नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा भइरहेको मतदानमा अध्यक्ष माधवकुमार नेपाल पक्षले बाँडेको ‘चिट’ ले पार्टीभित्र तरंग ल्याएको छ ।
ध्यक्ष नेपाल पक्षले बाँडेको चिटको विषयमा पार्टीभित्रको विपक्षी पक्षले कडा प्रतिक्रिया दिएको छ । उनीहरूले यसलाई पार्टी विधानको उल्लङ्घन भएको र व्यक्तिगत स्वार्थमा आधारित भएको आरोप लगाएका छन् । पार्टीका एक नेताले भने, “यो चिटले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई कमजोर पारेको छ । यसले पार्टीलाई विभाजनको नजिक पुर्याएको छ।” अर्का नेताले भने, “अध्यक्षको यो कदमले पार्टीमा असन्तुष्टि बढाएको छ । यसले पार्टीको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस