Techie IT
२०८३ जेष्ठ ११, सोमबार

दक्षिण सुडानमा बाढीले १४ लाख प्रभावित, तीन लाख विस्थापित: राष्ट्रसंघ


Photo:BBC

दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएका छन्। जलवायु परिवर्तनको उच्च जोखिममा रहेको दक्षिण सुडानको उत्तरी क्षेत्र दशकौँ यताकै भीषण बाढीको चपेटामा परेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)का अनुसार दक्षिण सुडान र विवादित अबेई क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। “२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,” राष्ट्रसङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ।

रिपोर्ट अनुसार, बाढीले स्वास्थ्य प्रणालीमा गम्भीर असर पुर्‍याएको छ, जसले गर्दा प्रभावित क्षेत्रहरूमा रोगको प्रकोप बढेको छ र औलोको समस्या झन् गम्भीर बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट