अमेरिकी चुनावमा डेमोक्रेट्सको पराजयको जिम्मेवार बाइडेनः पूर्व सभामुख पेलोसीको
अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रेट पार्टीको पराजय पछि पार्टीभित्र आन्तरिक विवाद उग्र बनेको छ।
तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति कमला ह्यारिसको हारको कारण राष्ट्रपति जो बाइडनको निर्णयमा देखाएकी छन्।
पेलोसीले बेलैमा बाइडनले उम्मेदवारी नछोडेकाले चुनावी नतिजा कमजोर भएको बताउँदै सम्पूर्ण जिम्मेवारी बाइडनले लिनुपर्ने ठोकुवा गरिन्।
यसैबीच, हालको चुनावी परिणामअनुसार रिपब्लिकन पार्टी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा बहुमत नजिक पुगेको छ।बहुमतका लागि ४३५ सिटमध्ये २१८ सिट आवश्यक पर्नेमा रिपब्लिकनले २१३ सिट र डेमोक्रेटले २०२ सिट जितेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस