Techie IT
२०८२ चैत्र १०, मंगलबार

प्रधानमन्त्री द्वारा पका (प्रकाश) को नागरिकता बनाउन गृहसचिव लाई दिर्देशन


प्रधानमन्त्री केपी शर्मा ओलीले पका (प्रकाश) को नागरिकता बनाउनका लागि गृह सचिव लाई निर्देशन दिनु भएको छ ।

आज विहान सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै प्रकाशको नागरिकता बनाउन हिजो राती नै गृह सचिवलाई भनिसकेको र केहि दिनमा प्रकाशले नागरिकता पाउने वताएका छन् ।

“हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट