Techie IT
२०८३ जेष्ठ ११, सोमबार

विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ


वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

आरोपितहरूले पीडितहरू बाट कुल रु १२ लाख २५ हजार ठगी गरेको जनाइएको छ।

पक्राउ परेका मध्ये, स्याङ्जा बिरुवा गाउँपालिका–१ की ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ की २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका–१० का २६ वर्षीय मनिश खड्का रहेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई काठमाडौँमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार केसीले क्रोएसिया पठाइदिने भन्दै चार जनाबाट रु ८ लाख २५ हजार, बुढाले युके पठाउने भन्दै एक जनाबाट रु २ लाख, र खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु २ लाख २५ हजार लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी अधिकारी आचार्यले दिएका छन्।

थप अनुसन्धान र कानूनी कारबाहीका लागि तीनै जनालाई आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट