Techie IT
२०८३ जेष्ठ ११, सोमबार

हुम्लाबाट बाहिर जान हवाई टिकटको समस्या

हुम्लाको सिमकोट विमानस्थलबाट जिल्लाबाहिर यात्रा गर्न नागरिकलाई हरेकवर्ष जहाजको टिकट पाउन समस्याहुने गरेको छ।


हुम्लाको सिमकोट विमानस्थलबाट जिल्लाबाहिर यात्रा गर्न नागरिकलाई हरेकवर्ष जहाजको टिकट पाउन समस्याहुने गरेको छ। सिमकोट हालसम्मराष्ट्रिय सडक सञ्जालसँग नजोडिएकोकारण यहाँका नागरिकलाई नेपालगञ्ज, सुर्खेत, पोखरा, बुटवल जस्ता प्रमुख सहरसम्म पुग्न कठिनाइ परेको छ।

रोजगारी र अध्ययनका लागिजिल्ला बाहिर जाने नागरिकहरू दशैँ, तिहारपछि गन्तव्यमा जान सिमकोट विमानस्थलपुग्दा यहाँका निजी एयरलाइन्सले उडानकम गर्दा यात्रुहरू समस्यामा परेका छन्।

सीता, समिट र ताराएयरलाइन्सले दैनिक उडान नगर्दा यात्रुलाईगन्तव्यसम्म पुग्न समस्या भइरहेको छ। तारा एयरलेसोमबार, सीता र समिटएयरले बुधबार मात्र उडान गर्दा आवश्यककामका लागि बाहिर जानचाहने यात्रुहरूलाई कठिनाइ भएको स्थानीयहरूको भनाइछ।

नेपाल एयरलाइन्सले सोमबार र मंगलबार मात्रउडान गर्दै आएको छ, तरविमानस्थलमा बिहानैदेखि टिकटको लागि लामो लाइनलाग्ने गरेको छ। धेरैजसो यात्रुलेटिकट पाउन कठिनाइ भोगिरहेकाछन्।

सिमकोट गाउँपालिका–८ का जयकामीले छोरीको मृगौला फेल भएर उपचारकालागि बाहिर जानुपर्ने भएता पनि बिरामीकोटिकट मात्र पाएको गुनासो गरे। नेपाल एयरलाइन्सलेजटिल समस्यामा रहेका बिरामीलाई प्राथमिकता दिँदै टिकट उपलब्ध गराउनेजनाएको छ।

सिमकोट–२ का सन्देशबोहराले पाल्पामा कृषि प्राविधिक विषयकोअन्तिम परीक्षा दिन जानुपर्ने भएतापनि टिकट नपाएर समस्याभएको बताए।

सीता, तारा र समिटएयरलाइन्सले सुर्खेत र नेपालगञ्जबाट नियमितउडान गर्ने सहमति गरे पनि उडाननगर्दा यात्रुहरूलाई सास्ती भएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट