Techie IT
२०८२ भाद्र २८, शनिबार

नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूमा लाइन पुनः जोड्न सुरु, सबैमा आज सकिने


नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगहरूमा पुनः विद्युत् लाइन जोड्न थालेको छ। प्राधिकरणको बोर्ड र मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणले मातहतका कार्यालयहरूलाई उद्योगमा लाइन जोड्न निर्देशन दिइसकेको छ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मंगलबार राति ११ बजेदेखि विद्युत् लाइन पुनःजोड प्रक्रिया सुरु गरिएको हो। "हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो। अहिले थप उद्योगमा पनि लाइन जोड्न थालिएको छ र बिहानभर नै सबैमा लाइन जोडिनेछ," प्रवक्ता घोषले जानकारी दिएका छन्।

विद्युत् महसुल नबुझाएका कारण प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगहरूको लाइन काटेको थियो। सो निर्णयसँगै, महसुल किस्तामा बुझाउन सहमति भएका ६ उद्योगमा भने पहिल्यै लाइन जोडिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट