Techie IT
२०८३ जेष्ठ ११, सोमबार

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा, तराईमा हुस्सु

देशभर पश्चिमी र पहाडी क्षेत्रहरूमा स्थानीय वायूको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली


देशभर पश्चिमी र पहाडी क्षेत्रहरूमा स्थानीय वायूको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहि बाँकी स्थानहरूमा मौसम सफा रहने जानकारी दिएको छ। तराईका केही भागहरूमा हल्का हुस्सु लागेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सफा रहने छ। यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
 

राति पनि कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहि बाँकी क्षेत्रहरूमा मौसम सफा रहनेछ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 

विभागले चेतावनी जारी गर्दै भनेको छ कि वर्षा हुने स्थानहरूमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा आंशिक असर पर्न सक्छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भएकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट