Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन नगरपालिका-२ खप्तरीबाङमा निर्माणाधीनबसपार्कको काम सीमा विवादकाकारण अवरुद्ध भएको छ।


ढोरपाटन नगरपालिका-२ खप्तरीबाङमा निर्माणाधीनबसपार्कको काम सीमा विवादकाकारण अवरुद्ध भएको छ। नयाँसहर आयोजना कार्यालयले निर्माण गरिरहेको बसपार्कको सिमानामा विवाद उत्पन्न भएपछि काम रोकिएको हो।

वि।सं। २०७५ मा छरोपनी जग्गा खरिद गरी बसपार्कनिर्माण सुरु गरिएको थियो, तर सँधियारले पर्खाल भत्काएपछि काम रोकिएको नयाँसहर आयोजना कार्यालयका प्रमुख रामकृष्ण गिरीले जानकारी दिए।

नापी विभागले निर्णय नगरेसम्म बसपार्क निर्माण कार्य अगाडि बढ्ने छैन, गिरीले थपे।सँधियारले २० मिटर पक्कीपर्खाल भत्काएपछि काम रोकिनु परेकोहो। हालसम्म ३० प्रतिशत कामसम्पन्न भएको छ, रसात करोडको लागतमा बन्ने यो बसपार्कमा दुईकरोड २६ लाख खर्चभइसकेको छ।

भुजीखोला किनारमा, मध्यपहाडी लोकमार्गको नजिक निर्माण भइरहेकोयस राष्ट्रिय गौरवको आयोजनामा तटबन्धन गरेर काम थालिएकोथियो। बसपार्कको आधा टर्मिनल कामपूरा भइसकेको छ, जसमा ३०वटा जीप, २० वटाबस र केही सानासवारीसाधन राख्न सकिने छ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले विवादको शीघ्र समाधान गरी निर्माण कार्यपुनः सुरु गर्नुपर्नेमा जोडदिएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट