Techie IT
२०८३ भाद्र १४, आइतबार

जुवाको खालबाट ६ लाख ४३ हजार १९० नगदसहित १३ जना पक्राउ


तनहुँ, २९ कात्तिक – शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट प्रहरीले रु ६ लाख ४३ हजार १९० नगदसहित १३ जनालाई पक्राउ गरेको छ।

बेलचौतारा स्थित इलाका प्रहरी कार्यालयबाट परिचालित टोलीले स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट १६ थान कौडा पनि बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि मुलुक अपराध संहिता अनुसार कानूनी कारबाही अघि बढाइने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट