संघीय संसद्का चार समितिको बैठक बस्दै
संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति र राष्ट्रिय सभा अन्तर्गतका दुई समिति प्रत्येकका बैठक बस्दै छन्।
संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति र राष्ट्रिय सभा अन्तर्गतका दुई समिति प्रत्येकका बैठक बस्दै छन्।
आज बिहान ११:३० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हुनेछ, जसमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमनका विषयमा छलफल गर्ने बताइएको छ।
त्यस्तै, अपराह्न १:१५ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ, जहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को संशोधनको सम्बन्धमा छलफल हुने छ।
बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ, जसमा समितिले कार्यविधिको मस्यौदामा छलफल गर्नेछ।
दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने जानकारी प्राप्त भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस