आज माओवादी पदाधिकारी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा विधान संशोधन, आगामी केन्द्रीय समिति बैठकको तयारी, र स्थानीय तह उपनिर्वाचनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
सचिव देवेन्द्र पौडेलका अनुसार कात्तिक २६ गते बसेको अघिल्लो बैठकले केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो। त्यसै अनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस