Techie IT
२०८३ कार्तिक ८, शनिबार

जुवा खेल्दै गरेका २१ जना पाँच लाख ६२ हजार रकमसहित पक्राउ


प्रहरीले काठमाडौँको बुढानिलकण्ठ–११ लसुनडाँडास्थित सार्वजनिक स्थानमा जुवा खेल्दै रहेका २१ जनालाई पक्राउ गरेको छ र उनीहरूका साथ रु ५,६२,३५० जुवा रकम पनि बरामद गरेको छ।

पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ का ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ का ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक इन्द्रावती–५ की ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ की २८ वर्षीया अनुषा लामा लगायत अन्य १७ जना छन्।

यस घटनाबारे प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिँदै भने, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरी टोलीले सूचना पाएपछि उक्त स्थानमा छापा मारेका थिए।

उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने भन्ने कसूरअन्तर्गत आवश्यक अनुसन्धान र कारवाहीको लागि प्रहरी वृत्त बौद्धमा पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट