पाँच वटा सडक जोडिए पनि म्याग्दी टोड्के पुग्नै सकस
म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाकोसिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँचवटा सडक छन् ।
म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाकोसिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँचवटा सडक छन् ।
पाँचवटा सडकले जोडिए पनि यातायातका साधनमार्फतटोड्के पुग्न भने मुस्किल हुनेगरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चारसय ३० मिटर उचाइमारहेको पर्यटकीय गन्तव्य हो ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भएयात्रा भने सकसपूर्ण हुनेगरेको हालै त्यहाँको भ्रमणगरेर फर्किएका बेनीका देवी जिसीले बताए। ‘टोड्के पुग्नै समस्या छ, पुगेपछि भनेरमाइलो छ’, उनले भने।
बेनी नगरपालिका–१० वाखेत, रघुगंगागाउँपालिका–५ झिँ, बेनीनगरपालिका–५ डडुवा, मंगलागाउँपालिका–१ पूर्णगाउँ रकुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् ।घुम्ती तथा ग्रेड नमिलेकोकच्ची सडकमा बर्खा र हिउँ पर्नेसमयमा यातायातका साधन चल्दैनन् ।अन्य समयमा पनि यात्रा जोखिमपूर्णछ ।
मंगला–१ पूर्णगाउँका खगेन्द्रखत्रीले निर्माण भएका सडक स्तरोन्नतिगर्नेभन्दा नयाँ सडक निर्माणगर्ने होडबाजीले कुनै सडक स्तरीयबन्न नसकेको बताए ।
महँगो भाडा
टोड्के हिल रिसोर्ट एण्डहोमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडककोसमस्याका कारण अपेक्षाकृत रुपमाटोड्केमा पर्यटक आउन नसकेका बताए। ‘हिउँ नपरेको रवर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टरमात्र चल्छन्’, उनले भने, ‘ढुवानीर गाडी रिजर्भ गर्दामहँगो शुल्क तिर्नुपर्छ ।’
पर्यटकले सडकको विषयमा गुनासो गर्ने गरेका शेरचनले बताए । बेनीदेखिएउटा ग्यासको सिलिण्डर टोड्के लैजाँदा २५० भाडा तिर्नुपर्छ। नियमित गाडी नचल्ने भएकालेपर्यटकहरु त्यहाँ पुग्न गाडी रिजर्भ गर्नुपर्छ।
बेनी–अर्थुंगे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेंगे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर), १९ किलोमिटर दुरीकोबेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के र बेनी–अर्थुंगे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीकोसडक प्रयोग गर्न सकिन्छ ।
बेनी–सिम–कुहँ–पूर्णगाउँहुँदै टोड्के जोड्ने २९ किलोमिटर दूरीकोसडकको विकल्पमा गत आर्थिक वर्षमामंगला गाउँपालिकाले २२ लाख रुपैयाँखर्चेर कुहुँ–भिरकटेरा–टोड्के सडक निर्माण गरेकोथियो । बस्ती, बस्तीकोअनुकुलताका लागि खनिएका सबैसडकमा गाडीलाई घुम्ती नपुग्ने र ग्रेड नमिल्नेसमस्या छ ।
पालिकाहरुको प्राथमिकता सडकमै
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीदेखिसात किलोमिटरमाथि जम्रेनीसम्म सडक कालोपत्र रढलान भएको जानकारी दिँदैतोरीपानीसम्मको थप चार किलोमिटरसडक प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको बताए ।
मुख्य बेनी–पाखापानीबाहेक बस्तीदेखिटोड्के जोड्ने कुन सडकलाई प्राथमिकतादिने भन्ने यकिन नहुँदा समस्याभएको उनको भनाइ छ। प्रदेश सरकारको २० करोड बजेटबाटस्तरोन्नति भइरहेको बेनी–पाखापानी सडकमायस वर्ष बेनी नगरपालिकार संघीय सरकारको साझेदारीमा कार्यान्वनय हुने गरी तीनकरोड बजेट विनियोजन भएकोछ । बेनीदेखि पुलाचौरतर्फकोसडकअन्तर्गत पुरुण्डेसम्मको सडक ढलान रकालोपत्र भएको छ ।
रघुगंगा गाउँपालिका–५ का वडाध्यक्षमनबहादुर शेरमञ्जाले झिँदेखि टोड्के जोड्ने सडकलाई क्रमागत योजनाका रुपमा स्तरोन्नति भइरहेको र चालु आवमासंघीय सरकारले ५० लाख रुपैयाँविनियोजन गरेको बताए ।
मंगला गाउँपालिकाले सिमदेखि कुहु हुँदै टोड्केजोड्ने सडकअन्तर्गत सिमदेखि कोत्रवाङ हुँदै करिब दुई किलोमिटरकालोपत्र र ढलान गरिसकेकोछ । मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्षएकजित रोकाले संघीय सरकारले विनियोजन गरेको रु एक करोडबजेटमार्फत कुहुँ–भिरकटेरा–टोड्के सडक स्तरोन्नतिका लागिठेक्का आह्वान भइसकेको बताए ।
टोड्केको आकर्षण
गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालकोलामो शुङ्खलालाई एकै ठाउँबाट अवलोकनगर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।
हिमाल अगाडि बसेर योग रध्यानमा पनि रमाउन सकिन्छ। यहाँ उत्पादन भएकाअर्ग्यानिक मुला, आलु र सिमीकापरिकारको स्वाद लिन सकिन्छ ।स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्यागरेकाले टोड्के धार्मिक महत्वको पनि स्थल हो।
डाँडाको शिरमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनिछ । शिवालय स्वर्गद्वारीआश्रम, प्यूठानको शाखा हो ।स्वर्गद्वारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराजलगायतकासन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोगगरेका खराउ ऐतिहासिक सम्पदाछन् । आश्रम परिसरमागौशाला पनि सञ्चालनमा छ।



तपाईको प्रतिक्रिया दिनुहोस