Techie IT
२०८२ भाद्र १०, मंगलबार

आज अवैध लागू औषधसहित १० जना पक्राउ


प्रहरीले बाँके, सुनसरी र कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

बाँके:
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ब्राउनसुगर जस्तो देखिने ३.३४ ग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगञ्ज–१३ का २० वर्षीय अमिर अली र कोहलपुर–३ का २५ वर्षीय सुरेन्द्र विक रहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस्तै, कोहलपुर नगरपालिका–८ बाबानगरबाट ब्राउनसुगर जस्तो देखिने ९६० मिलिग्राम लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका रेशम विक, दिपक यादव र केशव नेपाली रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले रेशम विकको कोठामा तलासी गर्दा लागूऔषध, मोबाइल दुई थान र नगद १२,९१० रुपैयाँ फेला परेको थियो।

सुनसरी:
सुनसरीको कोशी गाउँपालिका–१ र वराहक्षेत्र नगरपालिका–१ मा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। भारतबाट साइकल र मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद गरिएको हो। पक्राउ पर्नेमा २२ वर्षीय शिव चन्द्रवंशी, २० वर्षीय अभिषेक चन्द्रवंशी, १९ वर्षीय नजाम मन्सुरी, ४० वर्षीय अमित गुरुङ र ४० वर्षीय हुकुम राई छन्।

कञ्चनपुर:
भीमदत्त नगरपालिका–५ बनगाउँमा ७७ वर्षीय पिउठ बोहराको गोठमा तलासी गर्दा २ किलोग्राम चरेश बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्यूरो धनगढी र अस्थायी प्रहरी बिट मझगाउँको टोलीले उनलाई पक्राउ गरेको हो।


प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट