कैलाली जिसस प्रमुखमा कांग्रेसकी टीका भुल निर्विरोध निर्वाचित
जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकी प्रत्यासी रुपमति डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल निर्वाचित भएकी हुन्।
निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार, जिसस प्रमुखको निर्वाचनमा कैलालीका १३ स्थानीय तहका २६ मतदाता थिए। यसअघि दुई वर्षअघि निर्वाचित प्रमुख पदमबहादुर कलेलको निधनपछि यो पद रिक्त थियो।
यसैबीच, सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुने तयारी भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस