Techie IT
२०८३ जेष्ठ ११, सोमबार

‘देशलाई सही बाटोमा डोर्‍याउन जरुरी छ’ — अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही मार्गमा डोर्‍याउन सबै सचेत र सजग हुनुपर्ने समय आएको बताएका छन् ।

कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशको समृद्धिका लागि अन्य राजनीतिक दलभन्दा राप्रपा नै योग्य रहेको दाबी गरे। उनले भने, “सुन्दर र सम्भावनायुक्त हाम्रो देशले सही नेतृत्व पाएको भए अहिलेसम्म विकासको उचाइमा पुगिसक्थ्यो।”

उनले कृषि, बिजुली, पर्यटन, र सूचना प्रविधिको उचित विकासले देशको समृद्धिमा फड्को मार्न सकिने बताउँदै सही नेतृत्वको खाँचो औंल्याएका थिए ।

आमसभामा उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, र वीरेन्द्र बमलगायतका नेताहरूले पनि समसामयिक राजनीति र विकासका सम्भावनाहरूबारे आफ्ना धारणा राखेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट