Techie IT
२०८३ जेष्ठ ११, सोमबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ


देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन्। प्रहरीले अवैध लागूऔषध ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

काठमाडौंको नागढुङ्गाबाट मोरङका ३५ वर्षीय ईन्सु रायलाई १ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। यस्तै, नागढुङ्गाबाट नै सुनसरीका १९ वर्षीय सुसान्त विश्वाससहित ४ जनालाई ९ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।

धरानमा २१ किलो गाँजासहित ४ जनालाई, कैलालीको चिसापानीमा २ किलो ७५ ग्राम चरेशसहित २ जनालाई, र गोदावरीमा खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरिएको छ।

यस्तै, झापाको मेचीनगरबाट १८.६४ ग्राम खैरो हेरोइनसहित मकवानपुरका आशाकाजी तामाङ पक्राउ परेका छन्। नवलपरासीमा १३.८८ किलो गाँजासहित ५० वर्षीया रेश्मा देवी भरलाई नियन्त्रणमा लिइएको छ।

दाङमा ११० मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुरका २७ वर्षीय गणेश गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अवैध लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट