Techie IT
२०८२ भाद्र १०, मंगलबार

अफवाह फैलाउने थप १० युट्युब च्यानलमाथि कारबाही


प्रेस काउन्सिल नेपालले अपुष्ट, भ्रमपूर्ण र समाजलाई दिग्भ्रमित पार्ने सामग्री प्रसारण गर्ने १० युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कारबाही अघि बढाएको छ। तीमध्ये अधिकांश च्यानल दर्ता वा सूचीकरणबिना सञ्चालनमा रहेका थिए।

काउन्सिलले यसअघि मङ्सिर ४ मा ९ युट्युब च्यानल र पेज प्रयोगकर्तालाई कारबाही गरिसकेको थियो। आज कारबाहीमा परेका च्यानलहरूमा मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एशोसिएशन, र हट न्यूज नेपाल परेका छन्।

प्रहरीमा पत्राचार र थप अनुसन्धान
काउन्सिलले दर्ताविहीन सञ्चालित यस्ता च्यानलमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको जनाएको छ। साथै, अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाउन र यसको कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा घृणा, द्वेष, गालीगलौज, र अतिरञ्जित सामग्री प्रसारण गर्ने प्रवृत्ति नियन्त्रण गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाइएको छ।”

काउन्सिलले प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चार क्षेत्रलाई मर्यादित, विश्वसनीय र व्यवस्थित बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। काउन्सिलका अनुसार संविधान र कानुनले निर्दिष्ट गरेको प्रेस स्वतन्त्रतालाई कार्यान्वयन गर्दै आमसञ्चार माध्यमलाई गल्ती सच्याउन प्रोत्साहित गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट