Techie IT
२०८३ जेष्ठ ११, सोमबार

लोकतन्त्रका नयाँ अनुहारलाई फुल्न दिनुपर्छ - प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरूलाई फुल्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरू राजनीतिक मञ्चमा उदाइरहेका छन्। 

जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भनेका छन्– ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरूको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरूले आफूलाई रूपान्तरण गर्न सम्भव छ।’ 

बगैँचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फुल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उनले भनेका छन्– ‘सही र गलतको पहिचान जनताले गर्छन्, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट