Techie IT
२०८३ जेष्ठ ११, सोमबार

अहिले सम्म माओवादी केन्द्रको चार वडामा विजय


स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ। 

निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका-१५, धनुषाधाम नगरपालिका-१, गोरखा नगरपालिका-५, र ककनी गाउँपालिका-२ मा जित हात पारेको हो।

आयोगले दिएको जानकारी अनुसार, यी वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर, र कृष्ण घिमिरे निर्वाचित भएका छन्।

निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताउँदै आयोगले सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट