Techie IT
२०८३ जेष्ठ ११, सोमबार

मोरङको ग्रामथान गाउँपालिकामा माओवादीका नमो नारायण माझीको अग्रता


मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना अनुसार माझीले ५,६०७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४,१६७ मत पाएका छन्। एमालेका तुलसी राम विश्वास २,७४१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

अन्य उम्मेदवारहरूको मत विवरण:
राप्रपा: दिनेशकुमार थन्दार – ४३६ मत
रास्वपा: नवीनकुमार विश्वास खवास – २७३ मत
अन्तिम नतिजा आउन बाँकी छ भने मुख्य प्रतिस्पर्धा माओवादी र कांग्रेसबीच देखिएको छ। माओवादी उम्मेदवार माझीको अग्रता कायमै रहँदा निर्वाचनको परिणाम उनीतर्फ झुक्ने सम्भावना बलियो देखिएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट