विरोधी आवाजहरू दवाउदै सरकार, विरोध गर्ने युवाहरु धमाधम पक्राउ पर्दै
अघिल्लो हप्ता गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका विरुद्ध केहि युवाहरुले नारावाजि गरेका थिए । नारा लगाउने मध्येका केहि युवाहरुलाई प्रहरीले पक्राउ गरेरे केहि दिन थुनामा राख्यो र आज धरौटीमा छाडेकै दिन आज गठ्ठाघर दुर्घटना पछि भएको आन्दोलनमा सहभागि केहि युवाहरुलाई प्रहरीले पक्राउ गरि म्याद थप गरेको छ ।
साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनाको खबर फैलिएपछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको थियो। उनीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न माग गर्दै सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा पुगेका ट्राफिक प्रहरीले सडक खुलाउने प्रयास गरे पनि आक्रोशित भीडले उनीहरूमाथि नै आक्रमण गरेको थियो ।
पक्राउ पर्नेमा कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, झापाको बाह्रदशी गाउँपालिका ५ का ३१ वर्षीय सुवास बस्नेत, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर छन्।
मंगलबार उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। शुक्रबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद थप गरिएको उनले बताए।
ठुलो पार्टीहरुको बहुमतको सरकार दिन प्रतिदिन आफ्ना विरोधिहरु प्रति निर्मम र निशेध गर्नतिर लागेको प्रति आम सर्वसाधरणहरुको गुनासो छ । गौरा पर्वको दिन पक्राउ परेका युवाहरुलाई तत्कालन छोड्नुपर्ने भन्दै एमाले नेता डा. भीम रावलले माग राखेका छन् भने नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पक्राउको विरोध गर्दै सरकार लोकतन्त्रको खिलाप उद्देलित भएको भनि आज विज्ञप्त नै जारी गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस