प्रचण्डको अभिव्यक्तिप्रति ओलीको कडा प्रतिक्रिया, 'नेपाल बंगलादेश होइन'
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्।
गत १० भदौमा प्रतिनिधि सभा बैठकमा प्रचण्डले नेपालमा श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे उठाएको विषयलाई लिएर ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डलाई कटाक्ष गरेका हुन्।
"नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन होइन। बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन," ओलीले भने, "हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौँ। लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन।"

ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिँदै भने, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन। सम्भव हुन दिइँदैन।”
प्रचण्डप्रति भने प्रधानमन्त्री ओलीले चर्कै आक्रोश जनाएका छन् । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस