विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्सलाई १४० रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल खडा गर्यो। विराटनगरका लागि स्कट एडवार्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५ चौकाको मद्दतले ४५ रन बनाए। लोकेश बामले २६, निकोलस कितर्नले १९ र बसिर अहमदले अविजित २१ रनको योगदान दिए।
पोखरा एभेन्जर्सका बलरहरूमध्ये सागर ढकाल र रेमन रेफरले समान दुई-दुई विकेट लिए। कुशल भूर्तेल र दिनेश खरेलले एक-एक विकेट झारेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस