Techie IT
२०८२ भाद्र १२, बिहीबार

एनपीएल हेर्न पूर्व क्रिकेट स्टार ब्रायन लारा आज नेपाल आउँदै

ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजका लागि ४३२ खेल खेलेर विश्व क्रिकेटमा अमिट छाप छोडेका छन्।


वेस्ट इन्डिजका पूर्व क्रिकेट स्टार ब्रायन लारा आज (शुक्रबार) नेपाल आउँदै छन्। उनी बिहान ८ः२० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

लारा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता हेर्न नेपाल आउन लागेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएललाई समर्थन गर्न उनी नेपाल आउन इच्छुक रहेको कुरा उनले अघिल्लो जुनमा अमेरिका र वेस्ट इन्डिजद्वारा आयोजित टी–२० विश्वकप प्रतियोगिताको दौरान बताएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लाराले एनपीएलका केही खेल प्रत्यक्ष हेर्ने छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले एनपीएलप्रति आफ्नो उत्सुकता व्यक्त गरेका थिए।

ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजका लागि ४३२ खेल खेलेर विश्व क्रिकेटमा अमिट छाप छोडेका छन्।

मंसिर १५ देखि सुरु भएको एनपीएलमा आज लुम्बिनी लायन्स बनाम कर्णाली एक्स र विराटनगर किङ्स र चितवन राइनोजका खेल हुँदैछन्। लाराको आगमनले प्रतियोगितामा थप उत्साह थपिने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट