Techie IT
२०८३ श्रावण १२, मंगलबार

कांग्रेस महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित महामन्त्रीहरुका प्रस्ताव यथावत


नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने रणनीति लिएको छ। पार्टीले आफ्नो संगठनलाई बलियो बनाएर एक्लै जित्ने लक्ष्य राखेको हो।

पार्टीको पछिल्लो बैठकले गत फागुनमा भएको महासमिति बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरूलाई केही संशोधनसहित पारित गरेको छ। बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनसम्बन्धी दस्तावेजमा रहेको 'प्रि-इलेक्सन गठबन्धन' सम्बन्धी प्रस्तावलाई खारेज गर्दै पार्टीले आगामी चुनावमा एक्लै लड्ने निर्णय लिएको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय भएको हो।

बैठकले समयमै महाधिवेशन गर्ने विषयमा पनि जोड दिएको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको 'एक्जिट पोलेसी' सम्बन्धी प्रस्तावमा भने बैठकले अहिले नै कुनै निर्णय नलिएको प्रवक्ता महतले बताए।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट