पोखरा बाट काठमाण्डौ आएर रवि लामिछानेमाथि प्रहरीले लियो बयान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन प्रकरणमा तानिएको छ। प्रहरीले लामिछानेसहित अन्य दुई जनासँग यस प्रकरणमा बयान लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो। लामिछानेको नाम उल्लेख गरी पूरक जाहेरी परेपछि प्रहरीले उनीहरूसँग सोधपुछ गरेको हो।
स्रोतका अनुसार सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगिएको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि वचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए। तर लामिछानेसहित तीनै जनाले आफूहरूको संलग्नता अस्वीकार गरेका छन्। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान गर्नेछ। अनुसन्धानको निष्कर्षले नै यस प्रकरणको वास्तविकता बाहिर ल्याउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस