Techie IT
२०८३ जेष्ठ १०, आइतबार

भानुआटुमा भूकम्पले १४ जनाको ज्यान लियो, २०० घाइते


भानुआटुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। बीबीसी हिन्दीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

सरकारी उद्धार टोलीले बुधबार बिहानदेखि खोज तथा उद्धार कार्य तीव्र बनाएको छ। भूकम्पले धेरै भवनहरू ध्वस्त भएका छन् भने जनजीवन ठप्प भएको छ।

भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालीन अवस्था’ लागू गरेको छ। यो व्यवस्थाले मानिसहरूको आवतजावत सीमित गरी थप जोखिम रोक्ने प्रयास गरेको छ।

दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु ८० साना टापुहरूको देश हो। यो फिजीको पश्चिम र अष्ट्रेलियाको पूर्वमा पर्छ। भानुआटु भूकम्पीय रूपमा सक्रिय क्षेत्र हो, जहाँ नियमित रूपमा भूकम्प र प्राकृतिक प्रकोपहरू भइरहन्छन्।

सरकारले पीडितहरूलाई सहयोग पुर्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट