Techie IT
२०८३ असार २८, आइतबार

एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा जेम्स निशम ‘प्लेयर अफ द म्याच’ घोषित


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका जनकपुर बोल्ट्सका जेम्स निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णालीलाई पराजित गर्न ४५ रन बनाउनुका साथै २ विकेट लिएका जेम्सले सो अवार्ड प्राप्त गरेका हुन्। उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यसैगरी, कर्णाली याक्सका ओपनर देव खनाल ‘सुपर फोर’को अवार्ड पनि जिते। यसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन्।

जनकपुरका शेर मल्लले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड जिते। उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले ‘क्याच अफ द म्याच’ को अवार्ड जिते। उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट