Techie IT
२०८२ चैत्र ४, बुधबार

मृत अवस्थामा फेला


सांकेतिक

काठमाडौं, ६ पुस – विभिन्न स्थानहरूमा शुक्रबार र शनिबार पाँच व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।

दोलखा, कालिन्चोक गाउँपालिका-६ ओढार बस्ने ८३ वर्षीया पन्चु थामी शुक्रवार भुत दहस्थित ढुङ्गाको ओढारमा मृत अवस्थामा फेला परेकी छन्।

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ कैदिधारा बस्ने ३३ वर्षीय दिनेश बानिया आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ हिमालटोल बस्ने ६० वर्षीय डम्बर वली पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, धरान उपमहानगरपालिका-६ पानवारीस्थित जनजागरण टोल बस्ने ४२ वर्षीय नेत्र बहादुर मगर शनिबार आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेका छन्।

झापा, शिवशताक्षी नगरपालिका-१० स्थित कन्काई खोलाको पानीमा अन्दाजी ६० वर्षीया एक महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्।

यस घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट