Techie IT
२०८२ भाद्र ९, सोमबार

लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ


कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।

भुसाललाई आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।

भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर फेसबुकमा पोस्ट गरेको स्वीकार गरेका छन्। शनिबार लामिछानेलाई भेट्न जाने क्रममा सिसिटिभीमा देखिएको अवस्थामा फोटो खिचेको र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरेको उनले फेसबुक लाइभमार्फत बताएका थिए।

‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन। गल्ती भयो,’ भुसालले भनेका छन्।

भुसालद्वारा सार्वजनिक गरिएको तस्बिर भाइरल भएपछि रास्वपाका कार्यकर्ताले यसलाई थप प्रचार गरेको दाबी गरिएको छ। यसअघि, कास्की प्रहरीले हिरासतमा मोबाइल लैजान प्रतिबन्ध लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएका थिए।

घटनापछि गृहमन्त्री रमेश लेखकले तत्काल छानबिन गर्न निर्देशन दिएका थिए। कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको बताएको छ।

पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने एसएसपी भट्टराईले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट