Techie IT
२०८३ श्रावण ८, शुक्रबार

रास्वपा नेता अनिल केसरी शाहविरुद्ध कारबाही किन रोकियो?


नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ पत्रिकाको रिपोर्टिङमाथि प्रश्न उठाएका छन्। उनले आज पोस्ट गरेको स्ट्याटसमा जीव राईको डायरीको पानामा उल्लेख भएको राजिव पहारीको ड्राइभरले १५ लाख लिएको दाबीबाहेक, सूर्यदर्शन सहकारी पोखरासँग सम्बन्धित कुनै पनि छानबिनमा राजिव पहारीको संलग्नता नदेखिएको बताएका छन्।

नेता बस्नेतले राजिव पहारी एमाले पार्टीसँग आवद्ध भएकै कारण मुद्दा चलाउनुपर्ने नयाँ पत्रिकाको दाबीलाई अस्वीकार गरेका छन्। उनले भनेका छन्, “यो विषयलाई राजनीतिक पूर्वाग्रहबाट हेर्नु उपयुक्त छैन।”

तर, बस्नेतले सुमेरु सहकारीको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिल केसरी शाहमाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, “भरत महर्जनमाथि मुद्दा चलाइँदा, जसलाई ४ करोडभन्दा बढी लोन लिएर ठगी गरेको आरोप छ, अनिल केसरी शाहमाथि भने कुनै मुद्दा चलाइएको छैन। नयाँ पत्रिकाले यो विषय किन देखेन?”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट