फालेलुङ बम विस्फोट: घाइते बालकहरुको उपचारका लागि काठमाडौं पठाइयो
पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा भएको बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ। बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।
यसअघि, पवन र दिप्सनलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। ती अस्पतालले काठमाडौं जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए। गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो ।
मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन् ।
गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो। उनीहरु दाजु-बहिनी हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस