Techie IT
२०८३ जेष्ठ १०, आइतबार

सत्तारूढ दलहरूबीच दरार उत्पन्न, कांग्रेस नेता सरकारप्रति असन्तुष्ट, एमाले मौन


काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भित्रभित्रै दरार उत्पन्न भएको छ । कांग्रेसका शीर्ष नेताहरू नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएपछि दरार उत्पन्न भएको हो । 

सरकारको कार्यशैलीप्रति एमाले नेताहरूले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर, कांग्रेस शीर्ष नेताहरू भने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालन शैलीमप्रति असन्तुष्टि जनाउँदै आएका छन् । 

कांग्रेस संस्थापनकै नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका थिए । 

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै सिटौलाले सरकारको नेतृत्व ओलीले गरे पनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताएका थिए । 

त्यस्तै संस्थापन इतरपक्षका नेता डा.शेखर कोइरालाले पनि सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले इतरपक्षको विभिन्न सार्वजनिक कार्यक्रममै सरकारले सोचेजस्तो काम नगरेको भन्दै प्रधानमन्त्री ओलीको समेत आलोचना गरेका छन् । 

तथापि एमालेका कुनै पनि नेताले सरकारबारे नकारात्मक टिप्पणी गरेका छैनन् । तर, कांग्रेसको असन्तुष्टिले सत्तारूढ दलहरूबीच दरार उत्पन्न भएको प्रष्ट देखिन्छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट