Techie IT
२०८३ जेष्ठ १०, आइतबार

माओवादी केन्द्र डडेल्धुरा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो भेला सम्पन्न, ३१ सदस्यीय समिति गठन


नेकपा माओवादी केन्द्र डडेल्धुरा - काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेला आज कीर्तिपुरमा सम्पन्न भएको छ । आज भएको भेला बाट दिनेश ऐरको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ । 
नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय कमिटीको बैठक बस्नु अघि पालिका  र जिल्लाका भेलाहरू सम्पन्न गरि सक्नुपर्ने परिपत्र अनुसार भेला गरिएको नेकपा माओवादी केन्द्र डडेलधुरा - काठमाडौं सम्पर्क समन्वय समितिका ईञ्चार्ज राम बहादुर ताम्राकारले रैवारप्रेस लाई बताएका छन् ।

माओवादी केन्द्र सुदुरपश्चिम सम्पर्क समन्वय समिति संयोजक गणेश बुढा, सचिव कमल थापा  लगायत नेताहरूले शुभकामना मन्तव्यका साथै समसामयिक राजनीतिक विषयमा प्रशिक्षण गरेका थिए ।  नव निर्वाचित अध्यक्ष ऐरले आगामी दिनमा संगठन लाई चलायमान बनाउन आफू लागि पर्ने बताएका छन् । समितिका पदाधिकारीहरूको नामावली 
अध्यक्षः दिनेश ऐर
वरिष्ठ उपाध्यक्षः  हेमन्त दाहाल (आदित्य)
उपाध्यक्षः दिपक धामी
सचिवः शिवराज भट्ट
सहसचिवः विक्रम ओझा
सहसचिवः तपेन्द्र जोशी
कोषाध्यक्षः सरस्वती पन्त लगायत ३१ सदस्यीय समिति बनेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट