Techie IT
२०८३ जेष्ठ १०, आइतबार

अखिल क्रान्तिकारीमा आन्तरिक विवाद: गुटबन्दी र धाँधलीको आरोप


नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आन्तरिक विवादले चुलिएको छ। बर्षमान पुन र जनार्दन शर्माको निर्देशनमा गुटका मानिसहरूले गरेको धाँधलीविरुद्ध उजुरी परे पनि छलफल नै नगरी परिणाम घोषणा गरिएको अखिल (क्रान्तिकारी) निवर्तमान कोषाध्यक्ष केशव रावलले आरोप लगाएका छन् ।

संगठनका केही सदस्यहरूले गुटबन्दीको खेल खेल्दै नेतृत्वलाई अनदेखा गरेको र प्राविधिक प्रक्रिया पूरा नगरी चुनाबको घोषणा गरेको भन्दै आपत्ति जनाएका छन्। "गुटको गोटीले १२ गते चुनाब गर्छ भनेर हामी पत्याउनु पर्ने?" भन्दै उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

रावलले आज सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै विवाद समाधान नभएसम्म १२ गतेको निर्वाचन अगाडि बढ्न नदिने चेतावनी समेत दिएका छन्। रावलले विभिन्न जिल्लामा भएको विवादबारे उल्लेख गर्दे निर्वाचन समितिको कार्यालयलाई निवेदन पेश गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट