Techie IT
२०८२ भाद्र ६, शुक्रबार

बैतडीमा स्वास्थ्यकर्मी माथि बलात्कारको आरोप, एक स्वास्थ्यकर्मी पक्राउ


बैतडीको सिगास गाउँपालिका–२ का ४१ वर्षीय जनकसिंह धामीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। धामी सोही गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार, एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा धामीविरुद्ध जाहेरी परेपछि उनलाई बुधबार पक्राउ गरिएको हो।

पीडित भनिएकी महिलाले केही दिनअघि स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको भन्दै गाजरी प्रहरी चौकीमा निवेदन दिएकी थिइन्। तर, स्थानीय र जनप्रतिनिधिहरूको दबाबमा यो विषयलाई मिलापत्र गरिएको थियो।

यद्यपि, पीडित महिला पछि प्रहरीमा गई धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको जाहेरी दिएकी छन्। पीडित महिला पनि स्वास्थ्यकर्मी हुन्।

प्रहरीले पीडित महिलाले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट