Techie IT
२०८२ कार्तिक ३०, आइतबार

सैनिक शासनको रोजाइले जेलको मुखमा पूर्वराष्ट्रपति !


दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो । पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल (सैनिक शासन) लगाएका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो । 

युनको मार्सल ल लागू गर्ने निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ । अनुसन्धानका क्रममा दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।

वारेन्टमार्फत अदालतले अनुसन्धानकर्ताहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ । आइतबार राति अनुसन्धानकर्ताहरूले विद्रोह र शक्ति दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए ।

तर, युनका वकिलले यो कदमलाई अवैध भनेका छन् । मार्सल ल घोषणायता दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ । –बीबीसी 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट