Techie IT
२०८३ असोज १२, सोमबार

पूर्वप्रधानन्यायाधीश लाई पक्राउ गर्नु कानूनी राज्यको उपहास भयो - सांसद रञ्जु दर्शना


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणका आधारमा मात्र हुनुपर्नेमा जोड दिएकी छन्।

पूर्वप्रधानन्यायाधीशलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्दै गरिएको पक्राउप्रति असन्तोष व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत केवल आरोपका भरमा मात्रै पक्राउ गर्नु पर्याप्त आधार नहुने स्पष्ट पारेकी हुन्।

कानुनी शासनको मर्म विधि र प्रमाणमा आधारित हुने बताउँदै सांसद दर्शनाले बिनाप्रमाण कार्यकारी अधिकारको प्रयोग गर्न नमिल्ने तर्क गरेकी छन्। साथै, उनले पूर्वप्रधानन्यायाधीशको सुरक्षा संवेदनशीलताप्रति गम्भीर चासो व्यक्त गर्दै सुरक्षा सतर्कता उच्च पार्न माग गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट