श्रीलङ्काका सरकारी संस्थामा साइबर आक्रमण
श्रीलङ्काका विभिन्न सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको पुष्टि भएको छ। प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै यस घटनामा श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल र सरकारी मुद्रण विभागको वेबसाइट ह्याक गरिएको जानकारी दिएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाका अनुसार ह्याक गरिएको वेबसाइटमा डाटा परिवर्तन गरिएको छ।
श्रीलङ्का कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) र श्रीलङ्का प्रहरी यस साइबर आक्रमणको अनुसन्धानमा जुटेका छन्।
यसअघि, एसएलसीइआरटीले सरकारी वेबसाइटहरू साइबर आक्रमणको जोखिममा रहेको चेतावनी जारी गरेको थियो। यसै बीच, एसएलसीइआरटीले सरकारी कर्मचारीहरूको साइबर सुरक्षाबारे जनचेतना कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस