Techie IT
२०८३ जेष्ठ १०, आइतबार

एमालेबाट निष्कासनको झोकमा रावलले कस्तो पार्टी गठन गर्लान् ?


काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता डा.भीम रावलले नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । उनले आज (बुधबार) दिउँसो १ः०० बजे पत्रकार सम्मेलनको आयोजना गरी पार्टी घोषणा गर्ने भएका हुन् । 

पुस १० गते एमाले सचिवालयको बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । निष्कासनको साता दिनमै नयाँ पार्टी घोषणा गर्ने तयारीमा पुगेको रावलले बताएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी, शुभेच्छुक तथा जिज्ञासुहरूलाई आमन्त्रण गरेका छन् । एमालेमा झन्डै चार दशक लामो राजनीतिक संघर्ष गरेका रावल उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । 

तर, एमाले १०औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि चुनावमा भिडेसँगै रावलको राजनीतिक यात्रामा उदारचढाव सुरु भएको थियो । अन्ततः ओलीले रावललाई पार्टीबाट निष्कासन गरेपछि उनी नयाँ पार्टी घोषणाको संघारमा पुगेका हुन् । उनले गैरकम्युनिष्ट पार्टीको घोषणा गर्ने बताइएको छ । 

भीम रावलले कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी नयाँ पार्टीको घोषणा गर्दैछन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट