Techie IT
२०८३ जेष्ठ १०, आइतबार

उपमहासचिव जनार्दन शर्मालगायत नेताहरूको विशेष महाधिवेशनको माग


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालगायतका केही नेताले विशेष महाधिवेशनको माग गरेका छन् । उनीहरूले पार्टी निर्माण, विधान संशोधन र सांगठनिक प्रतिवेदन कार्यान्वयन गर्न महाधिवेशनको माग गरेका हुन् । 

तीन महिना पहिले बसेको माओवादी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समितिको बैठकले नियमित महाधिवेशनमा जानुभन्दा विशेष महाधिवेशनमा जानुपर्ने नेतृत्वलाई सुझाव दिएका थिए । सोही सुझावका आधारमा केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन दिएका थिए । 

तर, नेतृत्व नै विशेष महाधिवेशनप्रति अलमलमा परेपछि आगामी आइतबार बस्ने केन्द्रीय समिति बैठकमा यसबारे टुंगो पुग्नुपर्ने शर्मा लगायतका केही नेताको माग छ । बिहीबार बस्ने बैठकमा यसबारे छलफल हुनसक्ने सचिव देवेन्द्र पौडेलले बताए । 

विशेष महाधिवेशन बोलाउनेबारे गत वर्ष साउनमा बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेको थियो । यसलाई एजेन्डाकै रूपमा प्रचण्डले प्रस्तावमा ल्याउन सक्ने पौडेलको भनाइ छ । २०७८ साल पुस ११ गतेदेखि १८ गतेसम्म बसेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो । 

तथापि तीन वर्ष पुग्दा पनि यसबारे कुनै तयारी भएको देखिँदैन । विशेष महाधिवेशन बोलाउन प्रचण्डले नै आनाकानी गरेका कतिपय माओवादी नेता बताउँछन् । विशेष महाधिवेशनकै कारण विधान अझैँ कार्यान्वयनमा आउन नसकको शर्मा पक्षका नेताको बुझाइ छ । गत साउन २५ देखि ३१ गतेसम्म बसेको स्थायी समिति बैठकमा प्रचण्डको विकल्पबारे शर्माले फरक प्रस्ताव पेस गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट