शेरा दरबारको जग्गा फिर्ता ल्याउन अध्यक्ष प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको विवादास्पद जग्गा फिर्ता ल्याउन सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।
राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले शेरा दरबारको ऐतिहासिक महत्व र राष्ट्रिय सम्पत्तिको संरक्षणको आवश्यकता औँल्याउँदै उक्त जग्गा फिर्ता ल्याउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
उनले भने, “शेरा दरबार हाम्रो सम्पदा र पहिचान हो। यसलाई कुनै हालतमा निजीकरणको नाममा गुमाउन सकिन्न। सरकार र सम्बन्धित निकायले तुरुन्त पहल गर्नुपर्छ।”
समितिको बैठकमा अध्यक्ष प्रचण्डले सार्वजनिक सम्पत्तिको व्यवस्थापनमा देखिएका कमजोरी र विवाद समाधान गर्न प्रभावकारी कानुनी व्यवस्था गर्न पनि सुझाव दिएका छन्।
बैठकमा अन्य सांसदहरूले पनि शेरा दरबारको जग्गा सम्बन्धी विवादबारे आफ्नो धारणा राख्दै राष्ट्रिय सम्पत्तिको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस